fbpx

‘किक २’मा सलमानको जोडी को ?

विराटनगर,
बलिउड सुपरस्टार नायक सलमान खान अहिलेको समयमा लगातार चलचित्रमा ब्यस्त रहेका छन् । अहिले सलमान ‘भारत’को रिलिजमा तयारी गर्नुका साथै ‘दंबग ३’को छायांकनमा व्यस्त रहेका छन् ।

सलमान खानको मुख अभिनय रहेको फिल्म ‘किक’ को सिक्वेल निर्माण हुने घोषणा अघिल्लो वर्ष नै भएको थियो । यसको फिल्मको स्क्रिप्ट र हीरोइन कस्लाई लिने विषयमा फिल्मको काममा ढिलाइ भइरहेको हो ।

चलचित्र ‘किक २’लाई लिएर मिडियामा धेरै समाचारहरु पनि आइरहेका छन् । चलचित्रमा सलमानको जोडी को हुने भन्ने विषयले धेरै चर्चा पाइरहेको छ र यसबारे धेरै कुराहरु पनि सार्वजनिक भएका छन् । फिल्मको पहिलो पार्टमा सलमानसँग ज्याक्लिन फर्नान्डेजले पहिलो पटक काम गरेकी थिइन् ।

‘किक २’मा सलमानको जोडी नायिका ज्याकलिन फर्नान्डेज र नायिका दिशा पटानी रहने खबर बाहिरिएको थियो । यसअघि दीपिका पादुकोणलाई चलचित्रको अफर गरेको पनि समाचार आएको थियो ।

तर, निर्माण युनिटले चलचित्रका लागि ज्याक्लिन, दीपिका र दिशा कोही पनि नरहेको र नयाँ नायिकाकको खोजी गरिरहेको बताएका छन् । साजिद नाडियाडवालाले निर्माण गर्ने ‘किक २’ मा भने अब सलमानको जोडीको रुपमा नायिका आलिया भट्ट देखिने खबर बाहिरिएको छ ।

‘दबंग ३ को’ छायांकन सकिएपछि सलमानले ‘किक २’को छायांकनलाई समय दिनेछन् । ‘किक २’को छायांकन सकिएपछि मात्र अर्को चलचित्र ‘इन्शाअल्ला’को सुटिङ सुरु गर्ने छन् ।

प्रतिक्रिया

Loading...