fbpx

मीठो निन्द्राको लागि दही उपयोगी, यस्ता छन् दहीका फाइदाहरू

दही एक दूग्धजन्य पर्दाथ हो । दूधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दहीको सेवन गर्मीमा होस् या जाडोमा होस् जहिले पनि ताजा गर्नु राम्रो हुन्छ । हामीले फ्रिजमा राखेको दही खानु हुँदैन ।

दहीको सेवनले शरीरलाई शितलता प्रदान गर्नु का साथै तौल घटाउन वा बढाउनको लागि पनि उपयोगी हुन्छ । दहीमा पानी मिसाई लस्सी बनाइ वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ ।

दैनिक दही खानाले पाचन प्रक्रियामा मद्दत पुर्याएर आन्द्रा र पेटसम्बन्धि रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ । दहीमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ जसले गर्दा हाम्रो हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, तथा नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ ।

दहीमा पाइने फोस्फोरस र भिटामिन डी शरीरको लागि लाभकारी हुन्छ जसले गर्दा ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकारविरुद्ध लड्न मद्दत गर्छ । हाम्रो शरीरमा भएको खराब कोलेस्टेरोलरको मात्रा घटाएर उच्च रक्तचाप तथा मुटुसम्बन्धि रोगलाई हटाउन मद्दत गर्छ ।

निद्रा नलाग्ने समस्या भएकाहरुले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केही हदसम्म सहयोग र्पुयाउने गर्छ । उमेर बढेसँगै दहीको सेवन गर्नुपर्छ । जुन मानिस लामो समयदेखि रोगसँग लडिरहेको हुन्छ, उनीहरुको लागि दहि धेरै उपयोगी हुन्छ ।

दैनिक ३ सय मिलीलीटर दहीको सेवन गरेमा मुखमा हुने इन्फेक्सनबाट बचाउँछ । दही र कागतिको रस मिलाएर छालामा लगाएमा छाला चम्किलो सुन्दर र स्वस्थ राख्छ ।

दहीले कपालमा मालिस गरेर नुहाउदा कपाल चम्किलो, बलियो र सुन्दर राख्नुका साथै चाँयाको समस्या कम भएर टाउको दुख्ने समस्याबाट आराम मिल्छ ।

प्रतिक्रिया

Loading...