fbpx

नेपाल र भियतनामबीच लगानी तथा व्यापार प्रवर्द्धन समझदारी

काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणकाबीच नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि लगानी समझदारी भएको हो ।

भियतनामको हनोइमा शनिबार उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र भियतनामको उद्योग मन्त्रालयका उपमन्त्री डाङ आओङ् आन व्यापार तथा लगानीसम्बन्धी सम्झौताको आशय पत्र आदान प्रदान गरि सम्झौता भएको हो ।

समझदारीमा दुई देशका कूटनीतिज्ञका लागि आवतजावतमा भिसाको उन्मुक्ति र परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमतिसमेत भएको छ ।

बौद्ध धर्मावलम्बीहरूको देश भएको र सांस्कृतिक रूपले एकअर्कासँग जोडिएकाले सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने निष्कर्षमा दुवै देश पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नागरिक स्तरको सम्बन्ध स्थापना गर्न दुई देशबीच सिधा हवाई सम्पर्क कायम गर्ने गरी काम अघि बढाउने सहमति समेत भएको छ । भेटवार्तामा ओलीले फुकलाई नेपाल आउने निम्तो समेत दिएका छन् ।

प्रतिक्रिया

Loading...