fbpx

सचेतना बढाउन यूवाहरुको सांकेतिक चित्र अभियान

विराटनगर ।

समाज परिवर्तन युवाको काधमा भन्ने नाराका साथमा विराटनगरका यूवाहरुले विराटनगरका भित्ताहरुमा सांकेतिक चित्र बनाउने अभियान सुरु गरेका छन् ।


सरसफाई अभियान सञ्चालन गर्दै आएका उनीहरुले विगत १० हप्तादेखि सडक छेउका भित्तामा सचेतनामुलक सांकेतिक चित्र बनाउदै आएका छन् । यूवाहरुको सो समुहले शनिवार विराटनगर २ सोमबारे हाट नजिकै रहेको जनता नमुना उच्च माध्यामिक विध्यालय को पर्खालमा बलत्कार बिरुद्द चित्र बानाएको छ ।

संस्थाका अधक्ष्य बिनोद परियारले समाज परिवर्तनकालागि यस्तो अभियान सञ्चालन गरिएको बताए । अहिले दैनिक जसो बलात्कार र महिला हिसांका घटनामा पत्रपत्रिका तथा अनलाइनमा अउने गरेको भन्दै सचेतनाकालागि यस्तो अभियान सुरु गरिएको उनको भनाई छ ।

विभिन्न खाले जनचेतना मुलक कार्य गर्दै समाज परिवर्तन गर्न अभियान हरु संचालन गरिरहेको अभियान्ता सरोज कोईरालाले बताए । यो संस्थामा आवद्ध भएका यूवाहरुलाई शनिवार कहिले आउछ भन्ने प्रतिक्षा हुन्छ भन्दै कोइरालाले भने किनकि एक दिन भएपनि समाज र राष्ट्रका निम्ति समय दिन पाईन्छ ।

समुहमा अबद्ध प्राय कलेजका विद्यार्थीहरु रहेको र यूवाहरुले नै यस्तो कार्यमा अग्रसरता लिनु पर्ने उनको भनाई छ ।
यो अभियानले सकरात्मक सुचना प्रवाह गर्ने अभियान्ता राम पोख्रेलले बताए । यो अभियानलाई छिट्टै नै एक नम्बर प्रदेश भरी पुर्याउने उनको भनाई छ । पछि अभियानलाई देशव्यापी बनाउने सोच रहेको उनले बताए ।

प्रतिक्रिया

Loading...