fbpx

सोमबारसम्म चट्याङ सहित वर्षा हुने

विराटनगर ।

शनिवारदेखि तीन दिन सम्म फेरी हावा हुरी र चट्यांग सहित वर्षा हुने चेतावनी मौसम विज्ञान विभागले गरेको छ । सोमबारसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम विज्ञान विभागको वुलेटिनमा उल्लेख छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा तीन दिन हुने मौसम बदलीका विषयमा जारी गरेको वुलेटिनमा शनिबार, आइतबार र सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुने उल्लेख छ ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले मौसममा परिवर्तन आउने जनाएको छ । जसको कारण केही स्थानमा ठूलो पानी र केही स्थानमा असिनासमेत पर्ने सम्भावना छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाको बुलेटिन जस्ताको तस्तै –

बैशाख २८ गते (शनिवार) दिउँसो  देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २९ गते (आईतवार) दिउँसोस् देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख ३० गते (सोमबार ) दिउँसोस् देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । राति देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबारसम्म काठमाडौं उपत्यकामा चर्को घाम लागेको थियो । अब तीन दिनसम्म गर्मी केही कम महसुस हुनेछ ।

प्रतिक्रिया

Loading...