fbpx

नेपालले भारतबाट दुई सेट रेल किन्ने

काठमाण्डौँ ।

दुई सेट रेल खरिद गर्न नेपालको रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच शुक्रबार भएको सम्झौता अनुसार तीन महिनामा नेपालमा रेल आउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।

ुसम्झौता भइसकेपछि उक्त कम्पनीले अग्रिम बैंक ग्यारेन्टी राख्ने र , त्यसपछि नेपालले अग्रिम भुक्तानी स्वरुप पेश्की दिने सहमती रहेको सचिव अधिकारीले बताए । पेश्की दिएको मितिबाट १ सय २० दिनभित्र रेलको सेट ल्याउनुपर्ने सम्झौता भएको उनको भनाई छ । यस्तै दोश्रो सेट रेलकोलागि समेत यस्तै सहमती रहेको उनले बताए ।

भारतीय कम्पनीले रेलको सेट पठाएपछि सञ्चालनमा ल्याइने र छिट्टै काम गर्न लागिपरेको सचिव अधिकारीले बताए । सम्झौता भएको करिब १० दिन भित्रमा पहिलो सेट ल्याउने तयारी सुरु हुने उनको भनाई छ ।

जनकपुर जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट खरिदको सम्झौता भएको विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले जानकारी दिए । उनका अनुसार पहिलो सेट ३ देखि ४ महिना भित्रमा आउने छ । दोस्रो सेटका लागि भने केही समय लाग्ने छ । रेलको एक सेटमा पाँच वटा डिब्बा रहने छ ।

ति डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउने छन् । सरकारले रेलको सेट खरिदका लागि गत चैत्रमा विभागलाई स्विकृत दिएको थियो । मन्त्रिपरिषद्‌ले निर्णय गरी ८४ करोड ६५ लाख खर्चिएर खरिद गर्न सरकारले स्विकृत दिएको हो ।

भारतको जयनगरबाट कुर्तासम्म ३४ किलोमिटर छ । पहिलो सेट यही सञ्चालनमा आउने छ । कुर्तासम्म रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नती गरी सकिएको विभागले जनाएको छ । यो वर्ष कुर्तासम्म रेल सञ्चालन हुने छ । जहाँ भौतिक निर्माणको काम सकिसकेको छ ।

प्रतिक्रिया

nine + five =

Loading...