fbpx

गाँजासहित दुई जना पक्राउ

सर्लाही ।

सर्लाहीको लालबन्दीमा अबैध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका ४ गंगटेका कान्छा योन्जन र पर्साको पर्सागढी गाउँपालिका ९ का प्रगन सहनीलाई प्रहरीले १ सय किलो गाँजा सहित पक्राउ गरेको हो ।

बिहीबार राति कान्छा योन्जनको घरमा बेच्नका लागि गाँजा तयारी गरिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेका हो ।

पछिल्लो समय सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका र सर्लाहीको लालबन्दी नगरपालिकाको भित्रि गाँउमा गाँजा खेती गर्ने क्रम बढेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना लामो समयदेखि लागुऔषध गाँजाको तस्करीमा संलग्न गहेकाले उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Loading...