fbpx

मापसेमा परेपछि घुस दिने पक्राउ

 

विराटनगर ।

मापसे चेकजाँचका क्रममा प्रहरीलाई घुस दिएको आरोपमा बिहिबार साँझ विराटनगरमा एक जना मोटरसाइक चालकलाई पक्राउ गरेको छ ।

विराटनगर ६ प्रगतिनगर एरियामा मादक पदार्थ सेवन चेकजाँच गर्ने क्रममा को १८ प ४९२२ नम्बरका मोसा चालक सुनसरी रामधुनी नगरपालिका ५ बनिगाउँ का २८ वर्षीय बिनोद सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ब्लुबुकमा लुकाएर पाँच सय रुपैया घुस दिन खोजेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।  मापसे गरेर सवारी चलाएको तर लाइसेन्स साथमा राखेको नपाएपछि प्रहरीले मोटरसाइकल रोकेर सोधपुछ गरेको थियो ।

घुस दिन खोज्ने बिनोदलाई मोरङ प्रहरीले जिल्ला प्रशासन मोरङमा म्याद थप गरि थुनामा राखेको छ ।

प्रतिक्रिया

Loading...