fbpx

गुराँसको राजधानी’ : तीनजुरे मिल्के जलजले (फोटो फिचर)

बसन्तपुर। गुराँसको राजधानीका रूपमा परिचित तिनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि परिचत गन्तव्य हो । विश्वमा पाइने ४२ मध्ये टिएमजे क्षेत्रमा मात्र २८ प्रजातिका गुराँस पाइन्छ ।

नेपालमा पाइने ३३ प्रजातिका गुराँसमध्ये १ नम्बर प्रदेशमा मात्र ३१ प्रजातिका गुराँस पाइन्छ । टिएमजे क्षेत्रमा विभिन्न समयमा भएका अध्ययनले लालीगुराँसका २८ प्रजाति फेला परेको थियो । गुराँसको एउटा झुप्पामा ५ देखि २५ वटासम्म फूल फुलेको देख्न सकिन्छ ।

गुराँस फुल्ने सिजन ९फागुनदेखि जेठसम्म० टिएमजे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको बाक्लो उपस्थिति रहन्छ । तर, भौगोलिक विकटताका कारण तिनजुरे मिल्ले जलजले खण्डमा पर्ने सबै क्षेत्रमा पर्यटकरू पुग्न सकेका छैनन् । बसन्तपुर बजारबाट तिनजुरे क्षेत्रसम्म पुग्ने सडकको माथिल्लो भाग निर्माणधीन अवस्थामा छ । तेह्रथुम र संखुवासभामा पर्ने गुराँसको राजधानी हेर्न पैदल जानु पर्ने भएका कारण अधिकांश पर्यटक आधा क्षेत्र मात्र घुमेर फर्कन्छन् ।

१२ सयदेखि ३६ सय मिटर उचाइसम्म गुराँस फुलेको देख्न सकिन्छ । ‘टिएमजे’ क्षेत्र स्थानीय सरकारको अगुवाईमा संरक्षणको काम भइरहेको छ । सो क्षेत्रमा वर्षौ पुराना गुराँसका बोटहरू छन् । जैविक पदार्थ कुहिएर बनेको मलमा फस्टाएका रुखमा फुलेको गुराँस हेर्न पुगेका पर्यटकको भिडले बसन्तपुरका होटल र होमस्टेहरू भरिभराउ हुन्छन् ।

सो क्षेत्रमा व्यक्तिले पनि गुराँसको जंगल पनि लगाएका छन् । सार्वजनिक जंगलमा गुराँसको फूल टिप्न निषेध गरिएको छ । तर, नीजि जंगलबाट फूल टिपेर व्यापारीहरूले गुराँसको जुस बनाएर बिक्री गर्ने गरेका छन् ।

तस्बिर: सुरज ढुंगाना/कोशी अनलाइन

Koshi Online

FREE
VIEW