fbpx

थकाइ लाग्दा के गर्ने, के खाने ?

शरीरमा उर्जाको कमीले थकाइ महसुस हुने गर्छ । धेरै शारीरिक परिश्रम गर्दा तथा खेल खेल्दा थकाइ लाग्न सक्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । हामीले थकाइ लागेका बेला हाम्रो दैनिक खाने भोजनमा ध्यान र्पुयाउनु पर्छ ।

हामीले थकाइ कमगर्न प्रशस्त मात्रामा प्रोटिनयुक्त खानामा खानु आवश्यक हुन्छ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन गर्नुपर्छ । प्रशस्त मात्रामा कार्बोहाइड्रेटयुक्त खाना तथा मौसम अनुसारका फलफूलको सेवन गर्नाले शरीरमा थकाइ महसुस कम हुन्छ ।

फलफूल र तरकारीमा आँप, अनार, स्याउ, अंगुर, जुनार, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी मानिन्छ भने अंकुरित भोजन, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, पेस्ता, काजु, अन्जिर, काजु बदाम आदिको सेवन निकै फाइदाजनक हुन्छ ।

राम्रो निन्द्राले हाम्रो शरीरलाई सक्रिय राख्न मद्दत गर्छ र थकाइ लाग्नबाट जोगाउने भएकोले हामीले दैनिक रुपमा ७–८ घण्टा निदाउनु जरुरी हुन्छ । नियमित रुपमा समयअनुसार सुत्नाले शरीरका हरेक भागहरुले आराम पाउँछन् र मस्तिष्कलाई पनि केही समयको विश्राम मिल्छ ।

दिनहुँ २ लिटर वा सोभन्दा बेसी पानी पिए शरीरका कोषहरू ताजा तथा स्फूर्त हुनुका साथै हाम्रो शरीरको थकान मेटेर हाम्रो शरीरमा बढी ऊर्जा प्राप्त हुन्छ । थकाइ लाग्दा माछा, मासुको सेवन पनि लाभदायक मानिन्छ ।

प्रतिक्रिया

Loading...