fbpx

आफ्नै छोरीलाई आगो लगाएर जिउँदै जलाउने आमा–बुबा प्रहरीको फन्दामा

तनहुँ,
तनहुँमा आफ्नै छोरीलाई आगो लगाएर हत्या गर्ने आमा–बुबालाई प्रहरीले पक्राउ गरेको छ । व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा आफ्नी छोरीलाई आगो लगाएर हत्या गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ ।

राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । हत्या गर्नाको कारण खुलाइएको छैन । रासस

Loading...