fbpx

‘ह्याङओभर’ उतार्न केरा अचूक औषधि, केरा खाँदा हुन्छन् यति धेरै फाइदा

मानव जीवनमा स्वाथ्य रहन फलफूलको निक्कै महत्त्व रहेको हुन्छ । त्यसमध्ये एक हो, केरा । केरामा प्रशस्त मात्रामा सुगर र फाइबर पाइनुका साथै थाइमिन, नियासिन र फोलिक एसिडको रुपमा भिटामिन ’ए’ र ’बी’ पर्याप्त मात्रामा पाइन्छ ।

केरा स्वास्थ्यका लागि धेरै नै उपयोगी मानिन्छ । केरालाई उर्जा दिने स्रोतको रुपमा मानिने गरिन्छ त्यसैले हरेक दिन एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहनुका साथै यसले हाम्रो स्फूर्ति बढ्छ । यसको सेवन गर्नाले मोटोपना घटाउनुका साथै धेरै फाइदा पनि गर्छ ।

केरामा भरपुर मात्रामा आइरन हुन्छ जस कारण यसले रगतमा हेमोग्लोविनको मात्रा बढाएर उच्च रक्तचापका बिरामीका लागि निकै फाइदाजनक हुनुका साथै यसले मधुमेहलाई समेत नियन्त्रण गर्छ । केरामा अत्यधिक फाइवर पाइने हुनाले यसको सेवनले पाँचन प्रक्रियालाई नियमित गराउन सहयोग पुग्छ ।

केराको सेवनले पेटलाई सितलता प्रदान गरेर अल्सरका बिरामीका लागि लाभदायिक छ । केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ जसले तनाव र माईग्रेन हटाएर हाम्रो मस्तिष्कको स्फूर्ति बढाउन मद्धत गर्छ ।

अत्यधिक रक्सी सेवनको कारण हुने हयांङओवर उतार्नका लागि एक कोसा केरा दुधमा मिसाएर खाँदा निकै फाइदा हुने गर्छ ।

प्रतिक्रिया

two × 5 =

Loading...