fbpx

५० डलरको अष्ट्रेलियन नोटमा एउटा शब्द अशुद्ध

काठमाण्डौँ ।

प्रचलनमा आएको लामो समय पछि अस्ट्रेलियामा ५० डलरको नोटमा छापिएको एउटा शब्द अशुद्ध भएको पत्ता लागेको छ।

रिजर्भ बैंक अफ अस्ट्रेलिया आरबीएले छापेको करोडौँ डलर बराबरको ५० डलरका नयाँ नोटमा अङ्ग्रेजी शब्द रेस्पोन्सविलिटी सब्दमा एउटा अक्षर छुटेको छ ।

आरबीएले नोटमा अशुद्धि भएको बिहीवार पुष्टि गरेको छ। उसले फेरि नोट मुद्रण गर्दा सो शब्द सच्याइने जनाएको छ।अहिलेसम्म झन्डै चार करोड ६० लाखवटा नोट वितरण भइसकेको छ।

सो नोट गत वर्षको उत्तरार्धमा निष्काशन गरिएको हो। त्यसमा अस्ट्रेलियको संसद्की पहिली महिला सदस्य इडिथ कावनको चित्र छापिएको छ।

कावनको मुहारचित्रपछाडि रहेको बगैँचाजस्तो पृष्ठभूमिमा उनले संसद्‌मा गरेको पहिलो सम्बोधनको अंश छापिएको छ।
सम्बोधनका क्रममा उनले भनेको  ‘यहाँ एक मात्र महिला हुनु ठूलो जिम्मेदारी हो। र म अरू महिला पनि यहाँ हुनुपर्ने आवश्यकतामा जोड दिन चाहन्छु।’ यो आशयको उक्ति सूक्ष्म अक्षरमा धेरै चोटि छापिएको छ।

त्यसमा रेस्पोन्सविलिटी सब्दमा एउटा आई अक्षर छुटेको हो । अक्षर सूक्ष्म भएकाले त्यो त्रुटि पत्ता लगाउन छ महिनाभन्दा बढी समय लाग्यो।

अस्ट्रेलियामा ५० डलरको नोट सर्वाधिक प्रयोगमा छ। एटिएम मेसिनबाट पनि ५० डलरकै नोट बढी निस्किने गरेको छ । प्रचलनमा भएका नोटको प्रयोगमा सुधार गर्ने र जाली नोट नियन्त्रण गर्ने उद्देश्यसहित नयाँ नोटमा सुरक्षासम्बन्धी आकृति थपिएको थियो।

शब्दमा त्रुटि भए पनि सो नोटको प्रयोग गर्न भने रोक लगाइएको छैन् ।
विविसीको सहयोगमा

प्रतिक्रिया

Loading...