fbpx

स्थानीय तहको विकासमा सहकारीको भुमिका महत्वपुर्ण

विराटनगर ।

स्थानीय तहको विकासका लागि सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहने सरोकारवालाहरुले बताएका छन् । बुधबार राष्ट्रिय सहकारी महासंघ, नेपालले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

“सहकारी क्षेत्रको प्रवद्र्धनमा स्थानीयतहसंग सहकार्य र समन्वय” विषयक १ दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् पूर्व मन्त्री केशव बडालले सहकारी क्षेत्रको सहयोग बिना स्थानीयतहको बिकास र प्रवद्र्धन असम्भव रहेको बताए ।

उनले मुलुकका हरेक पालिकामा सहकारीको ठूलो संजाल रहेको र त्यसमा हजारौ ब्याक्तिहरु आवद्ध भएको भन्दै स्थनीय तह र सहकारीको समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक रमेश प्रसाद पोखरेलले स्थानीय सरकार सहकारी मैत्री बन्नु पर्ने कुरामा जोड दिए ।
जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंककी संचालक अमृता सुब्बा, जिल्ला सहकारी संघ मोरङका सचिव बीरेन्द्र यादव, सहसचिव देवेन्द्र पौडेल लगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

Koshi Online

FREE
VIEW