fbpx

पतिकै अगाडि पत्नीको सामूहिक बलात्कार, ‘दोषीले नै गरे भिडियो भाइरल’

एजेन्सी,
भारतमा पतिकै अगाडि पत्नीको सामूहिक बलात्कार भएको भिडियो भाइरल बनेको छ । भारतको राजस्थानमा एक दलित महिलामाथि उनको श्रीमानकै अगाडि सामूहिक बलात्कार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

यो घटना राजस्थानको अलवर जिल्लामा भएको घटना हो । गत अप्रिल २६ मा भएको यो घटनाको भिडियो भने हालैमात्र सामाजिक सञ्जालमा भाइरल भएको हो । खबरका अनुसार श्रीमान्–श्रीमतीलाई बाटो छेकेर एकान्त ठाउँमा लगेर पाँच जनाको समूहमा रहेका युवाले ती महिलालाई बलात्कार गरेका थिए ।

सो भिडियो भाइरल भएपछि अहिले सामाजिक सञ्जालमा खैला बैला छ । भारतीय मिडियाले जनाएअनुसार दलित अधिकारकर्मीहरूले दोषीले नै भिडियो भाइरल गरेको आरोप लगाएका छन् । प्रहरीले दोषीलाई कारबाही नगरेपछि दोषीले नै बलात्कार गरेको भिडियो सार्वजनिक गरेको दलित अधिकारकर्मीको आरोप रहेको भारती मिडियाले उल्लेख गरेका छन् । दलित अधिकारकर्मीहरूले दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन जारी राखेका छन् ।

Koshi Online

FREE
VIEW