fbpx

समलिंगीको भूमिका निर्वाह गर्दै आयुष्मान खुराना

विराटनगर,
बलिउडका चर्चित नायक आयुष्मान खुराना नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । अहिलेको समयमा चलचित्र हिट भएलगतै त्यसको सिक्वेल बन्ने नियमनै लागू भएको जस्तो छ ।

आयुष्मानले गत वर्षको बक्स अफिसमा सफल भएको चलचित्र ‘शुभ मंगल सावधान’को सिक्वेलमा काम गर्ने तयारीमा रहेका छन् । भारतीय मिडियाका अनुसार यो चलचित्रको बारेमा एउटा नयाँ खबर बाहिरिएको छ ।

यस चलचित्रको निर्माण युनिटले तयार हुँदै गरेको चलचित्रको कथा लीक भएको खुलासा गरेको छ । सार्वजनिक खबरका अनुसार यो चलचित्र समलिंगीको कथामा आधारित भएर निर्माण हुँदै गरेको छ । उक्त चलचित्रमा आयुष्मान खुराना ‘गे’को भूमिका निर्वाह गर्ने कुरा पनि बाहिरिएको छ ।

केही समयअगाडि आयुष्मानले आफूलाई समलिंगीको भूमिका निर्वाह गर्न मन भएको बताएका थिए । आनन्द एल रायको निर्माण चलचित्रमा एक युवा जो ‘गे’को भूमिकामा छन्, उसले भोग्नु पर्ने दुःख, पीडा र उसको मनोभावलाई प्रस्तुत गरिने छ ।

आजबाट आयुष्मानले अमर कौशिकले निर्देशन गरेको नयाँ चलचित्र ‘बाला’को छायांकन पनि सुरु भएको छ । उक्त चलचित्रको काम सकिएपछि आयुष्मानले समलिंगी भूमिकाको चलचित्रमा काम गर्ने भएका छन् ।

प्रतिक्रिया

Loading...