fbpx

कोठी हटाउन लसुन उपयोगी (तरिकासहित)

लसुनलाई हामी मसलाका रुपमा प्रयोग गर्छौं । यसले तरकारी तथा अचारको स्वाद बढाउने गर्छ । यस्तै विशेषगरी हामी मासु पकाउँदा बढी प्रयोग गर्छौं । तर, तपाईंलााई थाहा नहोला, लसुनमा औषधीय गुण हुन्छ ।

लसुनमा एन्टिअक्सिडेन्ट पाईने हुनाले यो निकै लाभदायक छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।

एलोप्याथिक विशेषज्ञहरूले बिरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । खाँदा मात्र नभएर लसुन छालाका लागि पनि उत्तिकै लाभकारी छ ।

जथाभावी आएका कोठीहरुदेखि हैरान हुनुहुन्छ भने लसुनको प्रयोग गर्नुहोस् । लसुनसहितको घरेलु उपचार कोठी सखाप पार्न अत्यन्तै भरपर्दो उपायका रुपमा लिइने गरिन्छ । किनकि, यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै सखाप पार्ने काम गर्छ ।

तरिकाः

लसुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथि लसुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिब २–३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिनसम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ ।

यो घरेलु विधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखा पर्न थाल्छ । प्रत्येक दिन, प्रक्रिया अपनाउनु भन्दा पहिले अल्कोहल तथा संक्रमणनाशक वैकल्पिक उपायले कोठी वरिपरी सफागर्न नबिर्सिनुहोस् ।

Koshi Online

FREE
VIEW