fbpx

प्रतिपक्षी दलले पनि ‘मेरो सरकार’ भन्दा हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं,
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले पनि ‘मेरो सरकार’ भन्दा हुने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मेरो सरकार भुल्चुकले नराखेको भई जानीबुझीकनै राखिएको शब्द भएको स्पष्ट पारे ।

गत बुधबार राष्ट्रपति विद्या भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा यसको सर्वत्र चर्को आलोचना भइरहेको छ । यस्तैमा प्रधानमन्त्री ओलीले मेरो सरकार सबैले भन्न सक्ने बताएका हुन् ।

उनले भने, ‘यो भुल्चुकले परेको होइन । जानी बुझीकन नै ‘मेरो सरकार’ शब्द राखिएको हो । यो शब्द सबैले भन्न सक्छन् । सामान्य मान्छेले पनि मेरो देश, मेरो धरती, मेरो सरकार भन्न पाउँछ । प्रतिपक्षी दलले पनि मेरो सरकार भन्दा हुन्छ ।’

प्रम ओलीले भने, ‘संशोधन प्रस्ताव हेरेँ । ध्यान दिनुपर्ने केही छ कि भनेको लागेको थियो त्यसमा त्यस्तो केही छैन । मलाई खुशी लाग्यो कि आलोचनाको कुनै ठाउँ छैन ।’

प्रतिक्रिया

Loading...