fbpx

गर्मी मौसममा घामबाट जोगिने उपायहरू

गर्मी मौसममा घाम निकै चर्को लाग्ने गर्छ । यसले हाम्रो शरीर पोल्न सक्छ । हामीले घामको प्रभावबाट जोगिन सावधानी अपनाउनु पर्छ । यदि हामीले सावधानी नअपनाएर लापरवाहि गर्ने हो भने हाम्रो छालामा हानी पुग्न जान्छ । घामको तापबाट जोगिन हामीले निम्न कुरामा ध्यान दिनुपर्छ ।

गर्मीमा दिउँसो १२ देखि ४ बजेसम्मको घाम निकै हानिकारक हुनेगर्छ, त्यसैले हामीले दिउँसोको घाममा लामो समयसम्म बस्नु खतरनाक साबित हुन सक्छ । यदि, केही काम बाहिर जानु छ भने हामीले छाता, स्कार्फका साथमा सनब्लक क्रिम आदि प्रयोग गर्नुपर्छ ।

हामीले अल्ट्राभ्वाइलेट रेडिएसनबाट जोगिन एसपीएप ३० युवीएं वा अरु कुनै राम्रो उपाय सनब्लक क्रिमहरु आफ्नो छालाको प्रकार कस्तो हो थाहा पाएर लापरवाही नगरी अपनाउनुपर्छ । घाममा निस्कनुभन्दा करिब आधा घन्टा पूर्व शरीरको खुल्ला भागमा सफा पानीले धुएर सनस्क्रिनलाई प्रयोग गर्नुपर्छ ।

हामीले यसलाई ३–४ घन्टाको अन्तरालमा प्रयोग गरिरहनुपर्छ । अल्ट्राभ्वाइलेट रेडिएसनको युवीएले हाम्रो छालालाई कालो बनाउँदै जान्छ जसबाट छालामा खैरो दाग देखापर्छ र छाला ओइलाउँछ । युबीबीले सनवर्न र टेनिङको समस्या पनि सिर्जना गर्नुका साथै छालाका विभिन्न रोगहरु पनि निम्त्याउने गर्छ ।

सुरक्षाबिना लामो समयसम्म घाममा बस्ने व्यक्तिहरू अन्य व्यक्तिहरुको तुलनामा चाँडै वृद्ध देखिन्छन् । घाममा केही समय घुमफिर गर्दा पनि छालामा रिङ्कल पर्छ । यो परिवर्तन एकै पटक नभएर वर्षौंपछि देखिने भएकोले मान्छेहरुले यसलाई वास्ता गर्दैनन् । यसमा सनब्लक क्रिम धेरै उपयोगी हुने गछ ।

हामीले घरबाट कतै निस्किँदा सनग्लास, मास्क, स्कार्फ, छाताको प्रयोग गर्नुपर्छ । हामीले गर्मी मौसममा उपयुक्त हुने सित्तल कपडाको लुगा लगाउनुपर्छ । हामीले हाम्रो शरीरलाई डिहाईड्रेसनबाट बचाउनका निम्ति पानी अलि प्रसस्त मात्रामा खानु पर्छ ।

Koshi Online

FREE
VIEW