कृषि अध्ययनकालागि इजरायल जाने १सय ४० विद्यार्थी छानिए

विराटनगर, बैशाख २३ ।

यो वर्ष कृषि अध्ययनकालागि इजरायलका जाने १ सय ४० विद्यार्थीहरुको छनौट सम्पन्न भएको छ । प्रदेश नम्बर १ का सबै जिल्ला तथा प्रदेश नम्बर २ र तीनका केही जिल्लाबाट इजरायलमा कृषि तालिमकालागि जाने विद्यार्थी छनौट सम्पन्न भएको हो ।


झापाको दमकमा आयोजित अन्र्तवार्ताबाट इजारालय जाने विद्यार्थी छनौट गरिएको हो । साना किसान सहकारी बैंकको संयोजनमा हरेक वर्ष करिब ५ सय विद्यार्थी ११ महिने तालिमको लागि इजराल जाने गरेका छन् ।

यो वर्षकोलागि प्रदेश नम्बर १ सबै तथा दुई र तीनका केही जिल्लाका गरि १ सय ४० जनाको छनौट गरिएको हो । इजरालयको किन्नरेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको छनौट सम्पन्न भएको साना किसान विकास बैंकका निमित्त कार्यकारी प्रमुख झलेन्द्र भट्टराइले बताए ।

छनौटका लागि इजरायलले नेपालीहरुकालागि संचालन गरेको लर्न एण्ड अर्न कार्यक्रमका प्रमुख ओरेन डेविटले सहभागीहरुलाई अन्र्तरवार्ता लिएका हुन् ।

इजरालय जाने विद्यार्थीहरुले त्यहाँका विभिन्न कृषि फार्ममा काम गर्दै प्रयोगात्मक र कलेजमा समेत कृषिको अध्ययन गर्ने छन् ।
इजरायलको कृषि प्रविधिलाई विश्वमा नै उत्कृष्ट मानिदै आएको छ ।

Loading...