fbpx

बिहान उठेर मुख धुँदा नगर्नुहोस् यस्ता गल्तीहरू

हामी बिहान उठेर सबैभन्दा पहिला मुख धुने गर्छौँ । दैनिक रुपमा पटक–पटक गरिने सानो–सानो काममा हामीले जानी–नजानी गल्ती गरिरहेका हुन्छौँ । हामीले दैनिक रुपमा मुख धुँदा कस्तो पानीले धुने कसरी धुने कुन प्रक्रियाबाट मुख धुने भन्ने कुरा कहिल्यै ख्याल गर्दैनौँ ।

त्यै भएर हाम्रो अनुहार बिग्रन्छ, अनि मात्रा हामी हाम्रो बिग्रिएरको अनुहारलाई कसरी राम्रो बनाउने भन्नेतिर लाग्छौँ । हामीले नजानेर गरेका गल्तीहरुको कारणले हाम्रो छालामा विभिन्न असर पारिरहेको हुन्छ ।

हामीले मुख धुदा निकै सावधानी अपनाउनु पर्छ, अन्यथा हाम्रो अनुहारमा विभिन्न छालाका रोगहरु लग्न सक्छन् । हामीले हाम्रो अनुहारलाई चाहिनेभन्दा बढी धुनु हुँदैन । यसो गर्दा अनुहारको त्वचामा असर पर्ने गर्छ ।

अनुहार धुँदा चिसो पानीभन्दा पनि हल्का मनतातो पानीको प्रयोग गर्नु पर्छ । अनुहार धुदा फेसवाश वा सावुनको प्रयोग गर्दै हुनुहुन्छ भने यस्ता उत्पादनलाई अनुहारमा धेरै बेरसम्म रगढ़नु हुँदैन र धेर–बेरसम्म अनुहारमा छोड्न पनि हुँदैन ।

अनुहार सफा गर्दा हतार गर्नु हुँदैन । हामीले सधैँ–सधैँ राम्रोसँग अनुहारको हेरविचार गरी सफा गर्नु पर्छ । अनुहारलाई हानी गर्ने क्लिनर तथा जतिसुकै आकर्षक भएको उत्पादनको प्रयोग कहिल्यै पनि गर्नु हुँदैन ।

अनुहारमा लगाउने कुनै पनि उत्पादन जस्तै फेसवास, क्लिनर, टोनर, क्रिम इत्यादी किन्दा आफ्नो छालाको प्रकृतिअनुसार विचार गरेर मात्र लिने गर्नु पर्छ । अनुहारलाई राम्रोसँग सफा गरिसकेपछि सफा कपडाले पुछ्नु पर्छ र हाम्रो छाला सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पर्छ ।

कतै घाममा बाहिर जाँदा सन्सक्रिमको प्रयोग गर्नु पर्छ । यदि धेरै फाउन्डेशन या मेकअपको प्रयोग गरिएको छ भने सुत्नअगाडी हामीले अनुहारलाई क्लिनर अथवा मेकअप पुछ्ने तिसुले राम्रोसँग सफा गरेर मात्र सुत्नु पर्छ ।

Koshi Online

FREE
VIEW