fbpx

पोतो र तिलकोठी जस्ता समस्याबाट बच्न यसो गरौँ

स्वास्थका हिसाबले शरीरमा उम्रिएको सबै कोठीहरू हानिकारक हुन्छ भन्ने होइन । तर, पनि सबैलाई कोठी भने मनपर्दैन । मेलानीन भन्ने तत्त्व शरीरमा जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखा पर्छ, जसलाई कोठीको प्रतिनिधिका रुपमा विज्ञहरुले मानेका छन् ।

चिकित्सकीय भाषामा कोठीहरुलाई मेलानिनको तत्व मानिन्छ, जसमा पिगमेंटको मात्रा थुप्रिएको हुन्छ र यसकै कारणले छालाको रंग कालो, खैरो हुन पुग्छ । २०–३० वर्षको उमेर पुगेका मानिसमा कोठी देखापर्ने गर्छ । यो विभिन्न आकारमा देखापर्न सक्छ जस्तै फ्यात्त परेको, डल्लो, गाँठो, असमान, स्थिर लगायत ।

यिनिहरुमा रौं हुनपनि सक्छ र नहुनपनि सक्छ । कोठीको मात्रा मानिसको वंशानुगत असर, हरमनमा आइरहने उतारचढाब तथा सूर्यको किरणमा भरपर्छ । कतिपय कोठीहरु समय बित्दै जाँदा आपसेआप हराएर जान्छ भने अर्को थरिका कोठीहरु सहजै जानमान्दैन । कोठीको रंग तथा आकारमा समय अनुसार परिवर्तन भैरहन्छ ।

तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुहोस्, कतै यो क्यान्सरको संकेत त होइन किनकी त्यस्ता कोठीहरुको उपचार तपाईले आफैँ गर्न सक्नुहुन्न ।

पोतो र तिलकोठीजस्ता समस्या निम्तिन नदिन घामबाट जोगिने तथा सनप्रोटेक्सन क्रिम प्रयोग गर्ने गर्नुपर्छ । तर, समस्या निम्तिसकेको छ भने मेलानिनलाई आफ्नो लेयरमा स्थिर राख्न भिटामिन ‘सी’ सेवन गर्नुपर्छ ।

समस्या कम गराउँदै लैजान घामबाट जोगिनै पर्छ । घामका कारण समस्या फैलिँदै जान्छ । त्यसैले बाहिर निस्किँदा छाता ओढ्ने, टोपी र सनग्लास लगाउने गर्नुपर्छ । घरभित्र बस्दा र बाहिर जाँदा सनप्रोटेक्सन क्रिम लगाउनै पर्छ ।

कोठाभित्र पनि अल्ट्राभाइलेट रे छिर्ने भएकाले मेलानिनमा प्रभाव पारिरहेको हुन्छ । तर, सनप्रोटेक्सन क्रिम वातावरीण अवस्था र छालाको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ । स्किन प्रोफेसनलसँगको परामर्शमा समाधान खोज्नु राम्रो हुन्छ ।

पोतो, कोठी आउनुमा तनावले पनि भूमिका खेलिरहेको हुन्छ । त्यसैले तनावमुक्त हुनैपर्छ । छालामा पानीको ब्यालेन्स मिलाउनुपर्छ । यसका लागि हाइड्रेसन टोनिक लगाउनुपर्छ । रक्तचाप सन्तुलनमा राख्नुपर्छ । असन्तुलित रक्तचापले मेलानिनलाई अस्थिर बनाइदिएर पोतो निम्त्याउन सहयोग गर्छ ।

ह्वाइटिनिङ क्रिम प्रयोग गर्नुपर्छ । यसले भित्र भएको मेलानिनलाई स्थिर राख्ने र छालाबाहिर निस्किएको मेलानिनलाई उडाइदिने काम गर्छ ।

Koshi Online

FREE
VIEW