fbpx

लक्ष्मीका लागि ‘परानै दिन्छु’ भन्दै दयाहाङ राई (भिडियोसहित)

विराटनगर,

नायक दयाहाङ राइको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘परानै दिन्छु’ बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतलाई युटुबमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतलाई गायिका मेलिना राई र गायक हरि लम्सालले आवाज दिएका छन् । गायक हरि लम्सालकै संगीत रहेको यस गीतमा प्रल्हाद शाहको शब्द रहेको छ ।

निकेश खड्काको निर्देशनमा तयार गरिएको यस म्युजिक भिडियोमा दयाहाङसंग लक्ष्मी बर्देवाको प्रस्तुति देख्न सकिन्छ । विकाश धमलाको सम्पादनमा बनेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् ।

चलचित्रमा मात्र अभिनय गर्ने नायक दयालाई हामीले निकै कम मात्रामा भिडियोमा अभिनय गरेको देख्न सक्छौं । यो गीत उनलाई निकै विशेष लागेकाले उनले यस म्युजिक भिडियोमा काम गरेको बताएका छन् ।

Loading...