fbpx

डान्सिङ नम्बरको गीत ‘चट्ट पियारी’ सार्वजनिक (भिडियोसहित)

विराटनगर

गायक वसन्त अर्याल र वर्षा अर्यालको स्वर रहेको ‘चट्ट पियारी’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीत एक डान्सिङ नम्बर रहेको छ ।

युट्युबमा सार्वजनिक गरिएको उक्त भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । गीतमा शब्द तथा संगीत पनि गायक वसन्त स्वयमको नै रहेको छ । राजन इशानको संगीत संयोजन रहेको यस गीतमा बिनु शाक्य र विशाल थापाको प्रस्तुति रहेको छ ।

रामकुमार केसीको छायांकनमा तयार पारिएको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् । यस गीतमा विशेष गरी दारी पालेका युवाको प्रेमलाई निकै रमाइलो तरिकाले देखाइएको छ ।

Koshi Online

FREE
VIEW