fbpx

प्रदेश २ को प्रदेश सभा अवरोध


जनकपुरधाम, वैशाख २० ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले अवरोध गरेपछि प्रदेश नम्बर २ को प्रदेशसभाको बैठक स्थगित भएको छ । शुक्रबार बोलाएको बैठकमा नेकपा र कांग्रेसले अवरोध गरेका हुन् ।

उपसभामुख उपमा देवले शुक्रबार प्रदेशसभा बैठक सुरु गर्नसाथ नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले जनता आवास कार्यक्रमको कार्यविधिबारे सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने बताए । उनले जनता अवास कार्यक्रमको कार्यविधि संशोधन गरी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने भनेपछि अबरोध सुरु भयो ।

बैठकमा नेकपाकी सांसद ज्वाला साहले पनि जनता अवास कार्यविधिमा सुधार नभएसम्म बैठकलाई अबरोध गरिरहने बताइन् । त्यसपछि काँग्रेस र नेकपा सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशसभा बैठकमा भाग लिन पुगेपनि अबरोध भएपछि बैठकमा सहभागी नभई फर्किएका छन् । कार्य व्यवस्था परामर्श समितिकै बैठकमा प्रतिपक्षीले अवरुद्व गर्ने जनाएपछि मुख्यमन्त्री बैठकमा सहभागी नभइकनै फर्किएका हुन् ।
प्रमुख प्रतिपक्षी एकमत भएर बैठक अवरुद्व गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको छ । यसअघि वैशाख ११ गते, १६ गते बैठक आह्वान गरिए पनि बस्न सकेको थिएन ।

प्रतिक्रिया

3 × two =

Loading...