fbpx

‘नेपाल आइडल’का मीनराज र कृशलले ल्याए ‘बरि लै’ (भिडियोसहित)

विराटनगर,

गायक मीनराज पौडेल र कृशल कँडेलको स्वर रहेको ‘बरि लै’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोसंगै उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

बिहीबार सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा कृशल र मीनराजसँग चर्चित मोडल करिष्मा ढकालको प्रस्तुति रहेको छ । प्रवीन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोको गीत लोक शैलीमा रहेको र यस गीतमा नृपेश उप्रेतीको शब्द र संगीत रहेको छ ।

लामो समयदेखि गीत र गजल लेखनमा सक्रिय नृपेशले पहिलो पटक आफैँले यस गीतमा संगीत भरेका हुन् । उक्त गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ । दुई गायक मीनराज पौडेल र कृशल कँडेल नेपाल आइडलको दोस्रो सिरिजमा सहभागी भएपछि चर्चामा आएका हुन् ।

चितवनको अडिसनबाट मीनराजले पहिलो गोल्डन माइक जितेर सोझै गाला राउन्ड प्रवेश गरेका थिए । कृशल भने आफ्नो लुक्स र गायनका कारण दर्शकको मन जित्न सफल भएका थिए ।

प्रतिक्रिया

Loading...