fbpx

बिहे गरेको दुई महिनामै आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

प्रतीकात्मक तस्बिर

लहान,
सिरहामा एक महिला आफ्नै ओछ्यानमा मृत फेला परेकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी मनिषाकुमारी मण्डल बिहीबार बिहान आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी हुन् ।

सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मृतावस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए । यता स्थानीयवासीले घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने आङ्शका गरेका छन् ।

गत फागनु १७ गते रामेश मण्डलसँग मनिषाको विवाह भएको थियो । विहेका बेला दिएको दाइजो कम भएको भन्दै सासु तारा मण्डलले मनिषालाई पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएको माइतीपक्षको आरोप छ ।रासस

Koshi Online

FREE
VIEW