fbpx

विराटनगरलाई राजधानी बनाउन उद्योगी व्यबसायीको माग

विराटनगर, बैशाख १९ ।

प्रदेश नम्बर १ को राजधानी औद्योगिक नगरी विराटनगरलाई नै बनाउन नीजि क्षेत्रले माग गरेको छ । मोर औद्योगिक नगरी विराटनगरलाई नै बनाउन नीजि क्षेत्रले माग गरेको छ ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ती जारी गर्दै राजधानीका विषयमा आएका समाचरप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एक नम्वर प्रदेशको राजधानी वनाउने सन्दर्भमा हालै विभिन्न माध्यमबाट देश कै ऐतिहासिक शहर विराटनगरलाई पाखा लाउँदै अन्य स्थानमा सारिने अनौपचारिक समाचारहरु प्रति संघ र संगठनको गम्भिर ध्यानाकर्षण विज्ञप्तीमा जनाइएको छ ।

विराटनगरले मुलुकको आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको भन्दै विराटनगरलाई नै राजधानी बनाउन उसले माग गरेको छ ।

बहुजाती, धर्म–संस्कृति, भाषा–भाषी साम्प्रदाय वीच सद्भावना कायम रहनुका साथै दलीय र जातीय समन्वय उत्कृष्ट रही विराटनगर मुलुकको राजधानी काठमाडौँ पछिको ठूलो महानगरको रुपमा स्थापित सहरलाई नै राजधानी तोक्नु पर्ने नीजि क्षेत्रको माग रहेको छ ।

मुलुककै पुरानो औद्योगिक–व्यवसायिक केन्द्रको रुपमा आफ्नो पहिचान वनाई मुलुकको अर्थतन्त्रमा विशेष योगदान पु¥याउँदै आएको सहरलाई छोडेर अन्य सहरलाई राजधानी तोक्न नहुने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको भनाई छ ।

शैक्षिक हव, प्रसस्त पुर्वाधार, प्रदेशभरीका शहरसँग सहजै जोडिएको राजमार्ग भएको कारण पनि विराटनगर राजधानीकालागि उपयुक्त रहेको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए ।

राजधानीको निक्र्याैल गर्दा ऐतिहासिकता, पुर्वाधार लगायतका विविध कुरामा ध्यान दिन समेत विज्ञप्तीमा आग्रह गरिएको छ ।

प्रतिक्रिया

Loading...