fbpx

नेपाली समाजले प्रविधिमा छोटो समयमा नै फड्को मारेको छ : प्रम ओली

काठमडौं, बैशाख १९ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजले सुचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताएकाछन् ।  राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवशको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा केही बर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउंदै प्रधामन्त्री ओलीले अहिले यो अत्यावश्यक वस्तु भइसकेको बताए ।

“केही बर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरु अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो ।” प्रधानमन्त्री ओलीले भने “मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्न अंग भइसक्यो । यो डिजिटल नेपाल तर्फको यात्रा हो ।”

प्रधानमन्त्री ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नु पर्ने बताए । “प्रविधिलाई उत्पादन र विकाससँग जोडेर उपयोग गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले भने “प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन सक्छ । त्यसको सदुपयोग गर्नु पर्दछ ।”

वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रुपमा प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । यस्ता प्रवृतिलाई निस्तेज पार्दै लैजानु पर्ने ओलीको भनाई छ ।

प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाको पनि उपस्थिती थियो ।

Koshi Online

FREE
VIEW