fbpx

प्रदेश दुईको राजधानी र नामाकरणका लागि मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाइयो

जनकपुरधाम,
प्रदेश नं २ को राजधानी र नामकरणका लागि मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाइएको छ । राजधानी र नामकरणका गठित संवाद सुझाव आयोगले बिहीबार मुख्यमन्त्री राउतलाई प्रतिवेदन बुझाएको हो ।

आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । मुख्यमन्त्री राउतले प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनलाई अध्ययन गरी प्रदेशसभाको समितिलाई हस्तान्तरण गरिने बताए ।

उनले प्रदेशको स्थायी राजधानी अत्यावश्यक र आम जनताको चासोको विषय रहेकाले प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफल गरी विलम्ब नगरी प्रक्रिया अगाडि बढाइने जानकारी दिए । आयोगका अध्यक्ष डा झाले जनभावनाअनुरूप प्रजातान्त्रिक वातावरणलाई मध्यनजर गर्दै जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजीवी, दलका प्रतिनिधिसँग बृहत् छलफल गरी अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको बताए ।

उनले प्रदेशका आठै जिल्लामा प्रश्नावली, विचार र छलफलका माध्यमबाट आएको सुझाव सङ्कलन गरी प्रतिवेदनमा समेटिएको जानकारी गराए । आठ सय जनालाई प्रश्नका माध्यमले सुझाव सङ्कलन र आठै जिल्लामा बृहत् छलफल कार्यक्रम गरी प्रतिवेदन तयार गरिएको छ भन्दै उनले प्रदेशको राजधानीमा जनकपुर, वीरगञ्ज, सिमरौनगढ, बर्दिवासलगायत नाम र प्रदेशको नामकरणमा मधेश, मध्य मधेश, मिथिला, मिथिला–भोजपुरा, जानकीलगायत नाम सुझावबाट आएको बताए । रासस

प्रतिक्रिया

ten − four =

Loading...