fbpx

‘ओके छ त नि’मा भिमफेदी गाइज र एलिशाको आकर्षक डान्स, हेर्नुहोस् भिडियो

विराटनगर,
गायक आशुसेन लामाको नयाँ गीत ‘ओके छ त नि’ को भिडियो सार्वजनिक भएको छ । उनले ‘ओके छ त नि’ भन्ने गीतको भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

‘नानीको कहाँ र्पयो घर’ गीतको सफलतापछि उनले यो नयाँ गीत सार्वजनिक गरेका हुन् । गायक लामाकै शब्द तथा संगीत रहेको यस गीतको भिडियोमा चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको प्रस्तुति रहेको छ ।

उक्त गीतमा भिमफेदी गाइज र मोडल एलिशा राईले आकर्षक डान्सको भिडियो बनाएका छन् । भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको यस डान्सको भिडियोलाई पवन शुस्लिङले सम्पादन तथा छायांकन गरेका हुन् ।

प्रतिक्रिया

Loading...