fbpx

हेमन्त शर्माले ल्याए जनताको गीत ‘स्वतन्त्र’ (भिडियोसहित)

विराटनगर,
गायक हेमन्त शर्माको ‘स्वतन्त्र’ भन्ने गीत सार्वजनिक भएको छ । हिजो मजदुर दिवसको अवसर पारेर हेमन्तले मजदुरको कथा बोकेको गीत सार्वजनिक गरेका छन् ।

उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको यस गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरिएको छ । गायक शर्माकै शब्द, संगीत तथा निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोमा मजुदुरको कथालाई समावेश गरिएको छ ।

गायक शर्माले यो आम जनताको गीत रहेको र यस गीतमार्फत साना–साना उपलब्धिहरुमा पनि खुशी मिल्ने भाव प्रस्तुत गरेका छन् । गीतको म्यूजिक भिडियोमा युमी बलामी तथा शुभम भुजेलको अभिनय रहेको छ ।

बुद्ध थापाको छायांकन, विकास धमलाले सम्पादन गरेको भिडियोमा एउटै खुट्टाले नृत्य प्रस्तुत गरेर चर्चामा रहेकी कलाकार रोमा न्यौपानेलाई पनि उक्त म्यूजिक भिडियोमा देख्न सकिन्छ ।

Koshi Online

FREE
VIEW