fbpx

तनाव कम गर्न प्राकृतिक औषधि : हाँसो

हँसिलो मुहार भएको मानिसले सजिलै अरूको मन जित्न सक्छ र छिट्टै सबैको प्यारो हुने गर्छन । हामीले हाम्रो जीवन सफल बनाउन का निम्ति जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराउन सक्नु पर्छ । हाँस्नु स्वास्थ्यका लागि समेत एकदमै फाइदाजनक मानिनुका साथै प्राकृतिक औषधि पनि हो ।

हाँस्नु भनेको अवाज निकालेर हल्ला गर्ने नभई खुसी रहनुले विशेष अर्थ राखेको हुन्छ । हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । दिल खोलेर हाँसेर तनाव कम गर्न सकिन्छ ।

तनावकै कारण हाम्रो शरीरमा हुने विभिन्न शारीरिक तथा मानसिक समस्याबाट जोगिनसमेत हाँस्न जरुरी छ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो । अनिद्राको समस्या हटाउन पनि हाँस्न निकै जरुरी छ ।

खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । व्यवसाय गर्ने मानिसहरुलाई अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक अर्कासँगको सम्बन्ध सुमधुर बनाउने एक अनुसन्धानले प्रमाणित गरेको छ । मुस्कुराएर बोल्दा परिवारमा झै- झगडा कम हुने र सम्बन्ध सुमधुर रहने गर्छ ।

Koshi Online

FREE
VIEW