fbpx

यी तरिका अपनाएर घटाउन सकिन्छ मोटो भूँडी

पछिल्लोसमय मानिसहरूको नमिल्दो जीवनशैलीका कारण मोटोपनसँगसँगै भूँडी ठूलो हुने समस्याले हैरान हुन्छन् । विशेषगरी गाउँबस्तीभन्दा शहरका बस्तीमा बसोबास गर्ने मानिसहरू यस्तो समस्याबाट ग्रसित छन् ।

धेरैले यस्तो भूँडी घटाउनका लागि विभिन्न उपाय त लगाउँछन् । तर, सबै बेकार हुन्छ । तर, तपाईं घरमै बसेर मज्जासँग भूँडी घटाउन सक्नु हुनेछ । स्वास्थ्य विज्ञानले भनेका यी तरिकाहरु अपनाउनुहोस्, तपाईँको भुँडी घरमै बसेर घटिसकेको हुनेछ ।

भूँडी घटाउने सहज तरिकाहरू

१. कागती पानी– कागतीमा पाइने एसिडले भूँडीको बोसो पगाल्ने तथा क्यालोरी जलाउन सहयोग गर्ने हुन्छ । त्यसैले बिहान उठ्ने बित्तिकै खाली पेटमा मन तातो पानी कागती मिसाएर खाने गर्नुहोस् ।

२. बिहानै उठेर छिटो–छिटो हिड्ने गर्नुहोस्– तीब्र गतिमा हिड्ने हो भने मात्रै पनि ठूलो भुँडी घट्ने अनुसन्धानले देखाएको छ । बिहान उठ्ने बित्तिकै नियमित छिटो–छिटो हिड्ने बानी बसाल्नुहोस् । एक हप्ताको तीन दिन आधा घन्टा र तीब्र गतिमा हिड्ने र दुई पटक सामान्य तरिकाले हिड्ने महिलाहरुको भूँडी अन्यको तुलनामा ६ गुणा घटेको भर्जिनिया विश्व विद्यालयका अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेको अध्ययनमा उल्लेख गरिएको छ ।

३. ग्रीन टी खानुहोस्– तपाईँलाई ग्री टी लिने बान्नी कत्तिको छ ? भूँडी ठूलो छ भने ग्रीन टी लिने बानी राख्नुहोस् । दैनिक व्यायाम गरेर दुई कपभन्दा बढी ग्रीन टी पिउने हो भने भूँडी अन्य मानिसहरुको तुलनामा ६ गुना बढी घटेको एक अध्ययनले नै देखाएको छ । ग्रीन टीमा पाइने क्याटेचिन नाम गरेको पदार्थले पेटमा हुने चिल्लोपन वा बोसोलाई पगाल्न प्रभावकारी भूमिका खेल्ने अनुसन्धानकर्ताहरु बताएका छन् ।

४. चिल्लोयुक्त खानेकुरा कम गर्नुहोस्– तपाईँले बढी चिल्लोयुक्त अथवा तेलमा तारेको खानेकुरा खाने गर्नुहुन्छ भने त्यसलाई कम गर्नुहोस् । माछामासु र अण्डा खाँदा होस् पुर्याउने गर्नुहोस । बढी बोसो र क्यालोरियुक्त खानेकुरा नखानुहोस् । बोइल गरेका चिजहरु खाने गर्दा राम्रो हुन्छ । गुलियो सकभर खाँदै नखानुहोस् ।

५. हवात्तै खाना नघटाउने– कतिपयले भुँडि बढ्यो भनेर हवात्तै खाना घटाउने गरेका छन् । त्यो एकदमै गलत हो । घटाउनै परे पनि थोरै–थोरै गरेर घटाउनु पर्छ । एक्कासी खाना घटाउँदा शरीरको रक्तचाप कम हुनुका साथै कमजोर भईने खतरा हुन्छ । यसको सट्टा विभिन्न आसनमा योगा र ध्यान गर्नुहोस् । जिम, पुस अप लगायतका व्यायाम गर्दा पेटको आकार १० दिनबाटै घट्न सुरु हुन्छ । अल्छिपना, ओछ्यानमा लडिरहने, बढी आराम गर्न खोज्ने मानिसको भुडि बढ्ने भएकले बिहानै उठेर व्यायाम गर्ने बानी बसाल्नुहोस् ।

६. नियमित खाना खानुहोस्– थोरै–थोरै खाने तर नियमित खानु बानी बसाल्नुहोस् । एकैचोटी धेरै खाने आदतले पनि पेट बढ्ने अध्ययनको दाबी छ ।

प्रतिक्रिया

Loading...