fbpx

मामाको दोश्रो विवाहमा जन्ती गएका भान्जा अपहरणमा


सप्तरी, बैशाख १७।

मामाले दोश्रो विवाह गर्दा जन्ती गएका सप्तरीका एक बालक अपहरणमा परेका छन् । राजगढ गाउँपालिका ३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण गत शुक्रबार मामा भोलेन्द्र यादवको बिहेमा जन्ती जाँदा अपहरणमा परेका हुन् ।

राजगढ गाउँपालिकामै गएको जन्ती बेहुलीलाई लिएर फर्किएपनि लक्ष्मण नआएपछि भोलेन्द्रले जिल्ला प्रहरी कार्यालय आएर आइतबार हुलियासहित भान्जा हराएको भन्दै निवेदन दिएका थिए ।

लक्ष्मणको प्रहरीले सोमबार राति भारतबाट उद्दार गरेको छ । सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार भारतको बिहार राज्य अन्तर्गत दरभंगा र सितामढीको बीचमा रहेको एक ढावाबाट उद्दार गरिएको छ ।

पहिलेकी श्रीमतीसंग सम्बन्ध विच्छेद भएपछि भोगेन्द्रले अर्को विवाह गरेको झ्वाँकमा पहिलेका श्रीमती पट्टिकाले भान्जालाई अपहरण प्रहरीको अनुसन्धानले देखाएको छ ।

बालकको उद्दारपछि सप्तरी प्रहरीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बालकलाई सकुशल उद्धार गरिएको जनाएको छ । मुम्बईमा काम गरिरहेका अपहरणमा परेका बालकका बुबा र गाउँमा ठूलो बुवा वीरेन्द्रलाई अपहरणकारीले ५० लाख फिरौती मागेका थिए ।

तर प्रहरीले खोजी तिव्र बनाएको थाहा पाएपछि अपहरणकारीले बालकलाई एउटा होटल (ढाबा)मा मालिको जिम्मा लगाएर भागेका थिए । ढावाबालालाई नेपालबाट मान्छे लिन आएपछि बालकलाई जिम्मा लगाउन भन्दै अपहरणकारी भागेको एसपी राजेन्द्र श्रेष्ठले बताए । प्रहरी बालकको खोजी गर्दै त्यो होटल पुग्दा जम्मा भएको भीडले प्रहरीमाथी नै आक्रोश ब्यक्त गरे ।

अपहरणकारीले बालकलाई मिठाईमा नशालु पदार्थ मिसाएर लठ्ठ पारि अपहरण गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले बालक अपहरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु माथी अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरी श्रोतको दाबीलाई मान्ने हो भने नियन्त्रणमा लिएएका तीन जना अपहपरित बालकका मामा भोलेन्द्रकी जेठी श्रीमतीका माइती पक्षका व्यक्ति हुन् ।

भोलेन्द्रले केही वर्षअघि सप्तरीकै महदेवा गाउँपालिका निवासी एक युवतीसँग विवाह गरेपछि सम्बन्ध नराम्रो भएपछि जिल्ला अदालत सप्तरीबाट सम्बन्ध विच्छेद गरेपछि भोलेन्द्रले अर्काे विवाह गरेका हुन् ।

तर पहिलेकी श्रीमतीको माइती पक्षले यसको पिडा सहन नसकि बालकको अपहरण गरेको प्रहरी श्रोतको भनाई छ। अपहरित बालक लक्ष्मणकी आमा अर्थात भोलेन्द्रकी दिदीले खोजेको कन्यासंग विवाह गरेको कारण बालकको अपहरण गरि बदला लिन खोजेको प्रहरीको आसंका छ ।

जन्ती गएका लक्ष्मण शौच गर्न बाहिर आएको समयमा दुई जना मिलेर उनलाई मोटरसाइकलमा राखेर अपहरण गरेका थिए । अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले भोलेन्द्रकी जेठी पत्नीका पिता, सालोको छोरा र आफन्तलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

Loading...