visit-nepal

चीनका ७ बन्दरगाह नेपालले प्रयोग गर्न पाउने


काठमाडौं, बैशाख १६ ।

अब नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । भारतले नेपालमाथी लगाएको नाकाबन्दीको बेला समस्या भएपछि खोजिएको विकल्प आजबाट पुरा भएको छ ।

नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भएको भएपछि चीनका चारवटा समुन्द्री र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न नेपालले पाउने भएको हो । प्रोटोकल सम्झौतामा नेपालकातर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावाली र चीनका तर्फबाट उनका समकक्षी लि छियाङपेङले हस्ताक्षर गरेका छन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी चीन पुगेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा प्रोटोकलमा सोमबार हस्ताक्षर भएको हो । सम्झौता भएपछि अब नेपालको भारत निर्भता हट्ने छ । तेस्रो मुलुकबाट हुने आयात हुने सामान चीनका बन्दरगाहबाट समेत ल्याउने बाटो खुलेको हो ।

नेपालले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकबाट बस्तु निर्यात गर्न पारवहन मार्ग खुला हुने आपूर्ति मन्त्रालयले जनाएको छ ।

तोश्रो मुलुकका समान आयत गर्न अहिले नेपालले भारतको कोलकता र विशाखापटमको सामुन्द्रिक बन्दरगाह प्रयोग गरिरहेको छ । भारतले अन्य दुई बन्दरगाह पनि प्रयोग गर्न दिने समझदारी गरेको छ ।

चिनियाँ ग्रेट हलमा राष्ट्रपति भण्डारी र चीनियाँ समकक्षी पिङको उपस्थितीमा हस्तारक्ष भएसंगै नेपालले चीनबाट पनि समुन्द्रमा पहुँच पाएको हो । प्रोटोकलअनुसार नेपालले चीनको सबै खुला समुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउनेछ ।

नेपालले प्रयोग गर्न पाउने बन्दरगाहमा तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक र आन्जाओ, ल्हासा र सिगात्से सुख्खा बन्दरगाह रहेका छन् ।

पारवहन ढुवानीका लागि नेपालतर्फ रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म ढुवानीका लागि आउजाउ गर्न सक्नेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ब्यापार तथा पारवहन सम्झौता भएको थियो । भारत भन्दा चीनको बाटोबाट सामान आयात गर्न महँगो पर्ने भएपनि भारतकै मात्र भर पर्नु पर्ने बाध्यताबाट भने अब नेपालले मुक्ति पाएको हो ।

प्रतिक्रिया

Loading...