fbpx

भेटिए बेवारिसे घाइते पुरुष, आफन्तसम्म खबर पूर्‍याउन प्रहरीको अनुरोध

विराटनगर, बैशाख १६ ।

बेवारिसे तथा घाइते अवस्थामा विराटनगर स्थित नोवेल मेडिकल कलेजनजिक फेला परेका एक जना पुरुषलाई प्रहरीले उद्धार गरि उपचारको लागि नोवेल मेडिकल कलेजमा उपचार गराएको छ ।

आफ्नो नाम, थर, वतन बताउन नसक्ने तराईबासी जस्ता देखिने ती पुरुष करिब ४५ वर्षका छन् । उनलाई सोही अस्पतालमा ड्युटीमा खटिएको प्रहरीले गत चैत्र २ गते उद्धार गरि उपचारकालागि अस्पताल पुर्याएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङसंगको सहकार्यमा नोवेल अस्पतालले आइ सि यू मा भर्ना गरी उपचार गरेको हो । उनको टाउकोमा रगत जमेकोले अप्रेशनपछि गत चैत ६ गते एससियूमा र चैत ८ गतेदेखि न्यूरो रिहाबमा राखिएको छ ।

अहिले उनको स्वास्थ्यमा सुधार आएको छ । तर उनले अझै नाम थर तथा वतन बताउन नसकेको र चिन्ने जो कोहीले निजको आफन्तलाई खबर गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Loading...