fbpx

क्याप्टेन लामा निलम्बित


विराटनगर, बैशाख १६ ।

क्याप्टेन विजय लामा निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई निलम्बन गरेको हो । प्राधिकरणले स्पष्टिकरण सोधेर स्पष्टिकरण कानुनसम्मत नभएपछि लामालाई निलम्बन गरेको छ।

निगमका प्रवक्ता रहेका बेला दुबई उडान रद्द भएपछि लामाले एक अनलाईन टेलिभिजनलाई दिएको अन्र्तवार्ता आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको कारण देखाउदै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई गत वैशाख पहिलो साता आफ्नो इजाजतपत्र खारेज गर्नु चुनौती दिएका थिए।

अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत ४ गते ७ दिने स्पष्टीकरण सोधेको थियो ।

पेसाले जहाज उडाउने नेपाल वायुसेवा निगमका प्रवक्ता लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका थिए।

योसंगै क्याप्टेन लामा नेपाल नागरिक उड्ययन प्राधिकरणको प्रबक्ता पदबाट समेत मुक्त भएका छन् । गैरजिम्मेवारी अभिव्यक्ति दिएपछि विवादमा तानिएका क्याप्टेन लामालाई प्रवक्ताबाट हटाइएको पत्र निगमले सोमबार प्राधिकरणलाई पठाएको हो ।

प्रतिक्रिया

Loading...