fbpx

प्रियंका कार्कीको माया आखिर किन ‘लटर–पटर’ (भिडियोसहित)

विराटनगर,
नायिका प्रियंका कार्की अभिनित ‘लटर पटर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई आइतबार युटुबमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको स्वर रहेको छ । यसअघि गायक चौलागाईंले ‘हारे हारे’ बोलको गीतबाट दर्शकमाझ आफूलाई परिचित गराएका थिए ।

सार्वजनिक गरिएको गीतको भिडियो बजारमा रहेको भिडियो भन्दा निकै फरक रहेको छ । दीपक शर्माको संगीत रहेको यस गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । गीतको भिडियोमा नायिका प्रियंका कार्की, मोडल सुनील क्षेत्रीको साथ गायक युवराज चौलागाईंलाई पनि देखाइएको छ ।

नवीन निरौलाको सम्पादन रहेको यस गीतको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । गायक चौलागाईंले ‘लटर पटर’ गीतलाई आफ्नो शैली र बजारमा चलेको शैलीलाई मिसाएर बनाएको बताएका छन् ।

Koshi Online

FREE
VIEW