fbpx

भारतीय खेलाडीलाई पाखा लगाउँदै नेपालका प्रिन्स फाइनलमा

काठमाडौँ,
भारतीय खेलाडीलाई पाखा लगाउँदै नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यू–१७ को फाइनलमा प्रवेश गरेका छन् ।

गए राति सम्पन्न सेमिफाइनल खेलमा प्रिन्सले भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । उनले पहिलो सेट २१–९ अङ्कले तथा दोस्रो सेट २१–१३ अङ्कले जितेका थिए ।

यसअघि प्रिन्सले क्वार्टरफाइनलमा थाइल्याण्डका नाथाप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका थिए । नाथाप्पेलाई २१–१३ र २१–१४ अङ्कले जितेका उनले अन्तिम चरणको आजको खेलमा भारतीय खेलाडी गान्धम प्रनव रावसँग खेल्ने छन् ।

प्रतिक्रिया

Loading...