fbpx

डुबेर दुई बालकको मृत्यु


सर्लाही, बैशाख १४ ।

सर्लाहीको भिन्दाभिन्दै स्थानमा पौडी खेल्न क्रममा नदीमा डुबेर शनिबार दुई बालकको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–९ कुरैनियामा स्थानीय विजय माझीका ५ वर्षीय छोरा विकास माझीको घर नजिकैको बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

यसैगरी बरहथवा नगरपालिका–१ हजरियाको बागमती नदीमा पौडी खेल्ने क्रममा डुबेका स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्त परियाको समेत मृत्यु भएको छ ।

दिउँसोको गर्मी छल्न बालबालिकाहरु नदी, खोला तथा पोखरीमा पौडी खेल्न जाने क्रममा यस्तो दुर्घटना समेत हुने गरेको छ ।

यसै क्रममा पौडी खेल्दै गर्दा उनीहरू दुवै जनाको मृत्यु भएको हो । दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ ।

Koshi Online

FREE
VIEW