fbpx

खुलामञ्चका सटर भत्काइदै


काठमाण्डौँ, बैशाख १४ । खुलामञ्चमा अनुमति बिना नै बनेका सटरहरु ब्यापक विरोध भएपछि आज सनिबारदेखि काठमाण्डौँ महानगरपालिकाले भत्काउन सुरु गरेको छ ।

खुलामञ्चमा अनुमति बिना ५० भन्दा बढि सटर बनेको छ ।  महानगरपालिकाले डोजर लगाएर ती सटरहरु भत्काउन थालेको हो ।

खुलामञ्च अतिक्रमण भएको समाचार विभिन्न संचारमाध्यममा आएसंगै देशभरबाट विरोध हुदै आएको थियो । शुक्रबार बेलुका काठमाण्डौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमति नलिइ बनेका सटर भत्काउने बताएका थिए ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च नक्कली कागजात बनाएर ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको छ ।

प्रतिक्रिया

eight − two =

Loading...