fbpx

२८ वर्षमा महिला हुन्छन् सेक्सी


विराटनगर, बैशाख १३ ।

उमेर जतिसुकै भएपनि महिलाहरुलाई आफ्नो शरीरको बनावट या फिगरको सम्बन्धमा केही न केही गुनासो पक्कै हुन्छ । यो पुरुषहरुमा पनि लागु हुन्छ तर पुरुषको तुलनामा महिलामा बढि पाइन्छ ।

तर एक सर्वेक्षणले भने महिलाहरुले २८ वर्षको उमेरमा जीवनकै सर्वाधिक सेक्सी फिल हुने बताएका छन् । यो सर्वे व्रिटेनमा गरिएको विविसी हिन्दीले लेखेको छ । महिलाहरुको स्वास्थ्य सम्बन्धि उत्पादन गर्ने एक संस्थाले गरेको सर्वे अनुसार यस्तो निष्कर्ष निस्किएको हो ।

सर्वेको नतिजा व्रिटेनको पत्रिका डेली मेलमा छापिएको छ । सर्वेमा केही प्रश्न सोधिएको थियो जवाफमा महिलाहरुले २८ वर्षको हुदाँ हुने फिगरबाट महिलाहरु ज्यादा सन्तुष्ट भएको बताएकाछन् ।

तर महिलाहरुले आत्मविश्वास बढि हुने उमेरका रुपमा ३२ वर्षलाई मानेका छन् । आत्मविश्वास बढाउन साथीको सहयोगम महत्वपुर्ण हुने समेत सर्वेमा सहभागी महिलाहरुले बताए । अध्ययनमा २००० महिला सहभागी थिए ।

उनीहरु मध्ये तीन चौथाईले अवसर पाएपनि आफ्नो शारीरिक बनावट परिवर्तन गर्ने बताएका थिए । अध्ययनमा लगभग २३ प्रतिशतले आँखा, २० प्रतिशतले स्तन र १३ प्रतिशतले दिमाग आर्कषक रहेको बताए ।

यदी परिवर्तन गर्न पाए भने शरीरको अंग मध्ये खुट्टा परिवर्तन गर्न चाहाने भने ४१ प्रतिशतले इच्छा राखे । उनीहरुले खुट्टा लामो र सुडौल खुट्टाको इच्छा राखेका हुन् ।

महिलाहरुलाई सबै भन्दा बढि आनन्द भने तयार हुन, अग्लो हिल लगाउदा, हेयर स्टाइल गर्दा र मेकअप गर्दा हुने बताएको विविसीमा उल्लेख छ । सर्वेमा सहभागी भएका मध्ये आधी महिलाले आफ्नो जीन्दगीको बारेमा सोच्न नचाहेको बताए ।

सर्वेमा सहभागी महिलाहरुले आत्मविश्वास घटाउने कारणका रुपमा साथीले छोड्ने र काममा हुने समस्यालाई मानेका छन् ।

प्रतिक्रिया

twenty + seventeen =

Loading...