fbpx

फोटो पत्रकारलाई अतिरिक्त पारिश्रमिक दिन माग


विराटनगर, बैशाख १३ ।
एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले आचार संहिताको पुर्ण पालना गरेर ज्ञान सहितको शीप प्रयोग गर्न सकेमात्र फोटो पत्रकारिताको मर्यादा कायम रहने बताएका छन ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस १३ बैसाखको अवसरमा फोटो पत्रकार महासंघ एक नम्बर प्रदेश समितिले आयोजना गरेको फोटो पत्रकारिताको महत्वबारे छलफलमा बोल्दै उनले जथाभावी फोटो खिच्ने र पोष्ट गर्दा पत्रकारिताको मर्यादा घट्न थालेको भन्दै आचार संहिताको पालना गरि ज्ञान सहितको शीप प्रयोग गर्न आग्रह गरेका हुन ।

मन्त्रि कार्कीले फोटो बिना पत्रकारिता अधुरो हुने भएकोले फोटो पत्रकारिताको ज्ञान र शिपलाई बृद्धि गराउनकालागि प्रदेश सरकार तयार रहेको बताए । उनले समाजिक सञ्जाल, युटयुब, र अनलाईन मिडियाहरुमा जथाभावी फोटो प्रयोग गरेर समाजिक सद्भाव बिगार्नेहरुलाई सरकारले निगरानी गरेर कारवाही गर्ने चेतावनी दिए ।

बिराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले फोटो पत्रकारिता बिना समाचारहरु अलिनो हुने भएकोले फोटोको प्रयोग बढाउदै लानु पर्नेमा जोड दिए । उनले फोटो पत्रकारिताको बिकासकालागि महानगरपालिकाले सहयोग गर्ने वचन दिए ।

पत्रकार महासंघ एक नम्बर प्रदेश समितिका अध्यक्ष बिक्रम लुँईटेलले फोटो पत्रकारिताको बिकासकालागि मिडिया हाउस र सरकारले क्षमता अभिवृद्धिसँगै पेशामा सुरक्षाको ग्यारेन्टि गर्न जोड दिए ।

पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल , टेलिभिजन पत्रकार समुह विराटनगरका उपाध्यक्ष महाप्रसाद खतिवडा र फोटो पत्रकार महासंघ एक प्रदेश समितिका अध्यक्ष बेदराज पौडेलले फोटो पत्रकारिता जोखिमपुर्ण पेशा भएकोले उनिहरुलाई संचारगृह र सरकारले अतिरिक्त पारिश्रमिकसँगै, उपकरण र एक करोड रुपैयाँ बरावरको जीवन बिमा सुनिश्चित गर्न माग गरे ।

प्रतिक्रिया

Loading...