fbpx

जिउँदै शरीरमा आगो लागेकी कञ्चनको मृत्यु


सप्तरी, बैशाख १३।

शरीरको अधिकांस भाग जलेर घाइते अवस्थामा फेला परेकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको मृत्यु भएको छ । बिहीबार विहान प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका ८ मा कञ्चनलाई शरीरमा आगो लागेर आँगनमा लडिरहेको अवस्थामा फेला पारेको थियो ।

बेचु मण्डल खत्बेकी २१ बर्षीया पत्नी कञ्चनको शरीरको अधिकांश भाग जलिसकेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी नायव निरीक्षक शंकर खतिवडाको नेतृत्वमा गएको टोलीले एम्बुलेन्समा हालेर उपचारका लागि मिर्चैया पु¥याएको थियो ।

मिर्चेयामा उपचार हुन नसकेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । धरानमा पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं पुर्याएपनि उपचार हुन सकेन् । इ

लाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुखदेव खनालले शरीरमा आगो लागेको बेला उनी घरमा एक्लै भएको बताए ।  सासू सुरजीदेवी बनिबुतो गर्न गएकी थिइन् । प्रहरीले उनकी सासुलाई समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनका श्रीमान्ले आगो लगाएको हुन सक्ने संका गरी अनुसन्धान सुरु गरेको छ ।

कतिपयले कञ्चनलाई श्रीमानले आगो लगाएको आरोप लगाएका छन् । तर उनका पति घरमा भए ,नभएकै बिषयमा अन्यौल छ । स्थानीयको कुरालाई मान्ने हो भने पछिल्लो तीन महिनायता उनका पति बेचु भारतको अहमदावादमा श्रम गर्न गएका छन् ।

तर उनी नेपाल आएको हुन सक्ने प्रहरीको आशंका छ । डिएसपी खनालले भने, “उनी अहमदावादमै रहेको कुरालाई मान्न तत्काल तयार छैनौं, र त्यसैलाई आधार बनाएर अनुसन्धान थालेका छौं ।’

Koshi Online

FREE
VIEW