fbpx

‘भ्वाइस अफ नेपाल’का जज सनुपले ल्याए विदेशी भूमिमा भोग्नु पर्ने पीडा समेटिएको गीत

विराटनगर,
चर्चित गायक तथा ‘भ्वाइस अफ नेपाल’ को पहिलो सिजनका जज सनुप पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘थाकिसकेँ’ बोल रहेको उक्त गीतको म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

धन कमाउने सपनाका साथ विदेशी भूमिमा बसेर भोग्नु पर्ने पीडाबाट थाकेर कथा बनाइएको गीतको शब्दलाई एभरेस्ट केसीले लेखेका छन् । फणिन्द्र राईले एरेन्ज गरेको यस गीतमा शिखर सन्तोषले संगीत भरेका छन् ।

टेकेन्द्र शाहको सम्पादन तथा निर्देशनमा तयार गरिएको यस गीतको भिडियोमा गायक सनुप तथा मोडल निशा तामाङको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोलाई राम कुमार केसी र नविन कुमार श्रेष्ठले छायांकन गरेका हुन् ।

Loading...