fbpx

‘डबल माया’मा अनुपविक्रम शाही र आँचल शर्मा (भिडियोसहित)

विराटनगर,
‘डबल माया’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोलाई युटुबमार्फत् सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त गीतमा नायक अनुपविक्रम शाही र नायिका आँचल शर्मालाई देखाइएको छ ।

श्रृजना खत्रीको स्वर रहेको यस गीतमा मिस्टर आरजेले र्याप दिएका छन् । श्रृजना र आरजेको शब्द रहेको गीतमा आरजेले नै संगीत भरेका छन् । भिडियोमा अनुपविक्रम र आँचल संगै श्रृजना र मिस्टर आरजेलाई पनि फिचर गरिएको छ ।

शान थापाको निर्देशनमा तयार गरिएको यस भिडियोमा कलाकारहरुलाई राजीव समरले नृत्य निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

यसै टिमबाट सार्वजनिक भएको ‘नौटंकी माया’ले युटुबमा १ करोड भ्यूज पार गरेको छ ।

प्रतिक्रिया

twenty − 6 =

Loading...