fbpx

भूकम्पपछिको पुननिर्माण तिव्र गतिमा : प्रम ओली

काठमाडौं, बैशाख ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निमार्णको कामतिव्र गतिमा अघि बढेको बताएका छन् ।  काभ्रेपलान्चोकको सञ्जीवनी नमूना माध्यमिक विद्यालय धुलिखेलमा भवनको उद्घाटन गर्दै उनले यस्तो बताए ।

अघिल्लो पटक आफु सरकारबाट हटेपछि प्राधिकरणका प्रमुखलाई पनि हटाइएको र त्यसपछि पुनर्निमार्ण भन्दा राजनीति गर्ने प्रमुखहरु ल्याइएको भन्दै ओली जसले गर्दा पुनर्निमाणको गतिएकदमै सुस्त भएको आरोप समेत लगाए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनसँगै प्राधिकरणको काममा गति बढेको समेत दावी गरे ।  “अब हाम्रा हरेक कामहरु यस्तै गतिशिल र तिव्र रुपमा हुनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “हाम्रा संरचनाहरु सुरक्षित र भूकम्प प्रतिरोधीपनि हुनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले शिक्षाले व्यक्तिलाई स्वरोजगारको अवसर दिनु पर्ने बताए । एम.एम.पढेको मान्छेले ध्वनीलाई लिपी र लिपीलाई ध्वनीमा परिणत मात्र गर्न सक्ने मात्र भए भने त्यसको काम नहुने भन्दै ओलीले भने “त्यस कारण साक्षर बनाउने मात्र होइन जीवन निर्वाह गर्न सिकउने शिक्षाको आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले शिक्षामा नैतिकता र इमानदारिताको पाटो कमजोर हुदै गएकोमा चिन्ता व्यक्त गरे । उनले जसले बढी अपमानजनक शब्द प्रयोग गर्छ त्यही सुरो हुने, जसले अफवाह फैलाउछ त्यही ठुलो सुचनादाता हुने अबस्था रहेको भन्दै यस्तो अवस्थाबाट समाजलाई बाहिर ल्याउनु पर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले शिक्षक शिक्षका जस्तै भद्र हुनुपर्ने, पत्रकार पत्रकार जस्तै सही सुचनाको संवाहक हुनु पर्ने बताउदै बताए । जो जुन पेशामा छ त्यो पेशाको मर्यादा कायम राख्नु पर्ने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उठाउनका लागि सरकारले सहयोग गर्ने बताए । सामुदायिक विद्यालयमा गुणस्तर कायम हुन नसक्दा निजीमा महंगो पैसा तिरेर छोराछोरी पढाउनु परेको छ भन्दै प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयका शिक्षकले पनि निजीसँग प्रतिष्पर्धा गर्न सक्ने गरीका विद्यार्थी उत्पादन गर्न आग्रह गरे । यसमा सरकारले साथ दिने उनको भनाई छ ।

प्रतिक्रिया

Loading...