fbpx

विदेशिएका पतिले आफ्नी पियारीलाई गरेको बाचा (भिडियोसहित)

विराटनगर,
चर्चित गायिका मेलिना राई र गायक प्रशान्त पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘पियारी ’ बोल भएको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गरिबीका कारण काम गर्नका लागि परदेश गएको पतिको घर फर्किने पर्खाइमा रहेकी पत्नीको पीडालाई देखाइएको छ । गीतमा प्रशान्त आफैँले संगित भर्नुका साथै यस गीतको भिडियोलाई आफैँले निर्देशन गरेका छन् ।

विशाल निरौलाले एरेन्ज गरेको यस गीतको भिडियोमा नायिका शिल्पा पोखरेलका साथ सुमन खतिवडाको अभिनय रहेको छ । प्रवीण भट्टले संपादन गरेको यस गीतको भिडियोमा पति वियोगको पीडा समेटिएको यस गीतमा विदेशिएको पतिले आफुले छिट्टै फर्केर आउँछु पर्खि बस है भनेर गरेको बाचा पूरा गर्न सकेका छैनन् ।

घरमा भएकी पत्नीले अन्त्यमा पतिको लासलाई मात्र देख्न पाउँछिन् । प्रशान्त र प्रवीणको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् ।

Koshi Online

FREE
VIEW