fbpx

आठौँ खेलकूद : पुरुष भलिबलको उपाधि पुलिसलाई, महिला भलिबलमा एपिएफ उपाधि विजेता

राँझा,

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले उपाधि हात पारेका छन् । आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ पुलिस क्लबले नेपाल आर्मी क्लबलाई र महिलातर्फ एपिएफले प्रदेश नं ३ लाई हराउँदै उपाधि हात पारेको हो ।

पुरुषतर्फको खेलमा पहिलो सेट २५–१८ ले आर्मीलाई हराएको पुलिसले दोस्रो सेट २३–२५ ले हारेको थियो । त्यसपछिको खेलमा पुलिसले लगातार दुई सेट २५–२० र २५–१८ ले जित्दै उपाधि हात पारेको हो ।

तेस्रो स्थानका लागि भएको खेलमा पुरुष भलिबलमा एपिएफ विजयी भएको छ । गण्डकी प्रदेशलाई हराउँदै एपिएफ विजय भएको हो । यस्तै महिलातर्फ एपिएफ प्रदेश नं ३ लाई २५–११, २५–१३ र २५–१९ को सोझो सेटमा हराउँदै विजय भएको हो । विजयी खेलाडीलाई पूर्वयुवा तथा खेलकूदमन्त्री दलजीत श्रीपाइलीले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै आजै भएको महिला भलिबल तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजय भएको छ । पुलिसले गण्डकी प्रदेशलाई हराएको हो । प्रतियोगितमा उत्कृष्ट खेलाडी पुरुषतर्फ नेपाल पुलिस क्लबका कुलबहादुर थापा र महिलातर्फ एपिएफकी सरस्वती चौधरी घोषित भएका थिए ।

उत्कृष्ट खेलाडीलाई लक्ष्मीनारायण मेमोरियल भलिबल ट्रष्टले नगद रु दश÷दश हजार प्रदान गरेको थियो ।

Koshi Online

FREE
VIEW